एक आनन्त यात्राको तैयारिमा छु म।
जुन यात्रामा पुग्न पाइलाले भुँई धकालिनु पर्दैन,
र पसिनाले बगेको धारामा मन पखालिनु पर्दैन।
एक आनन्त यात्राको तैयारिमा छु म।
यो यात्रामा म, न त एक्लै हुनेछु, न त एकान्तमै।
यो यात्रामा म, न त बेचैन हुनेछु, न त बिकालमै।
यो यात्रमा म, न त बिकार हुनेछु, न त धिक्कारमै।
यो यात्रामा म, कोइ त हुनेछु, या केईनै।
एक आनन्त यात्राको तैयारिमा छु म।
यो यात्रा म तिमिसंघ गर्न जादैछु,
हो तिमिसंघ।
तिमि, जो मलाई मेरो मौनतामा शान्ति हैन शान्त बनाउछौ।
तिमि, जो मेरो मनमा बसेको भयसंघ वास्तविक्तालाई अभिनय गर्न सिकाउछौ।
हो तिमि नै हौ।
मेरो अनन्त यात्राको सहयात्रि।
मेरो अनन्त यात्राको सहयात्रि।
मेरो अनन्त यात्राको सहयात्रि।
एक आनन्त यात्राको तैयारिमा छु म।